काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीको तत्काल राजीनामा मागेको छ ।
‘जनतासँग माओवादी: मध्यपहाडी लोकमार्ग जनजागरण अभियान’अन्तर्गत गोरखामा बसेको माओवादी शीर्ष नेताहरूको अनौपचारिक बैठकले सरकारले जनतामाथि नरसंहार गरेको आरोप लगाउँदै प्रधानमन्त्रीले परिस्थिति सम्हाल्न राजीनामा दिनुपर्ने निष्कर्ष निकालेको हो ।
माओवादी सांसद माधव सापकोटाकाअनुसार प्रदर्शनका क्रममा ताकी–ताकी गोली हानेर हत्या गरिएको स्पष्ट देखिएको भन्दै नेताहरू आक्रोशित छन् ।
जेनजीको प्रदर्शनका क्रममा अहिलेसम्म १५ जनाको मृत्यु भइसकेको छ । यो घटनापछि माओवादी नेताहरू अभियान स्थगित गरेर काठमाडौं फर्किँदैछन् ।




















प्रतिक्रिया