Logo

राजनीति

प्रधानमन्त्रीले कार्तिक देखि चैतसम्मको तलब कोरोना कोषमा जम्मा गर्ने



प्रधानमन्त्री केपी शर्मा ओलीले कार्तिकदेखि चैतसम्मको तलब कोरोना कोषमा जम्मा गर्ने बताएका छन् । 

बिहीवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै सरकारका प्रवक्ता पार्वत गुरुङले प्रधानमन्त्रीको तलब कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिएका छन् । 

प्रधानमन्त्रीसँगै मन्त्रिपरिषद्मा रहेका सबै मन्त्री र राज्यमन्त्रीको आधा तलब पनि कोरोना कोषमा जम्मा हुने भएको छ । 

 

प्रकाशित मिति : २७ कार्तिक २०७७, बिहीबार १६:४४   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।