काठमाडौं । मंगलबारको प्रदर्शनका क्रममा देशभरका १७ वटा अदालतमा आगजनी भएको छ।
सर्वोच्च अदालत, विशेष अदालतसहित १० वटा जिल्ला अदालतमा आगजनी भएको सर्वोच्च प्रशासनले जनाएको छ।
सर्वोच्च अदालतका प्रवक्ता अर्जन कोइरालाका अनुसार, चालु अवस्थामा रहेका झण्डै ९० प्रतिशत फाइल जलेर नष्ट भएका छन्।
प्रदर्शनका क्रममा काठमाडौँ जिल्ला अदालत,चितवन जिल्ला अदालत, कास्की जिल्ला अदालत, सप्तरी जिल्ला अदालत, बाँके जिल्ला अदालत, रुपन्देही जिल्ला अदालत, पर्सा जिल्ला अदालत, मकवानपुर जिल्ला अदालत, कपिलवस्तु जिल्ला अदालत, बाँके जिल्ला अदालत रहेका छन् ।
उच्च अदालत तुलसीपुर बुटवल इजलास, उच्च अदालत विराटनगर, उच्च अदालत जनकपुरको अस्थायी इजलास, उच्च अदालत राजविराज, उच्च अदालत हेटौँडा लगायतमा समेत तोडफोड र आगजनी भएको छ ।




















प्रतिक्रिया