Logo

प्रमुख समाचार

संविधान र संसदीय प्रक्रियामार्फत निकास खोज्न प्रचण्डको अपिल



काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हालका दिनमा जेनजी पुस्ताले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रै समाधान खोजिनुपर्ने बताएका छन्।

बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै उनले भने, “हाम्रो स्पष्ट मत छ, लोकतन्त्रको विकल्प समुन्नत र अझ बढी सुदृढ लोकतन्त्र, गणतन्त्रको विकल्प अझ सुदृढ गणतन्त्र मात्रै हो।”

उनका अनुसार जेनजी युवाहरुको आवाज न संविधानविरुद्ध थियो, न संसद् विघटनको पक्षमा। “उहाँहरूले उठाएका माग संविधान र वर्तमान संसदीय प्रक्रियाभित्रै पूरा हुन सक्छन् भन्नेमा हामी विश्वस्त छौं,” विज्ञप्तिमा उल्लेख छ।

प्रचण्डले वर्तमान संविधानलाई सामाजिक न्याय र समावेशिताको पक्षमा तुलनात्मक रूपमा उत्कृष्ट रहेको बताए। उनले भने, “कैयन् कमजोरीका बाबजुद सामाजिक न्याय प्रत्याभूत गर्ने सवालमा, समावेशिताको सवालमा नेपाली जनताका प्रतिनिधिहरुले निर्माण गरेको अहिलेको संविधान तुलनात्मक रूपमा उत्कृष्ट संविधान हो।”
उनले संविधान र व्यवस्थापिका संसदको शून्यतालाई आधार बनाएर राजनीतिक निकास खोजेमा त्यसले प्रतिगमनलाई फाइदा पुर्‍याउने चेतावनी पनि दिएका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार १०:३७   :  बजे

189
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।