Logo

समाचार

कारागारबाट फरार भएका १४ हजारमध्ये १ हजार ४५५ कैदी पक्राउ



काठमाडौं । विभिन्न कारागारमा हालै भएको उग्र आन्दोलन र तोडफोडका क्रममा फरार भएका कैदीमध्ये १ हजार ४५५ जनालाई पुनः पक्राउ गरिएको छ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एवं डिआइजी विनोद घिमिरेले उक्त जानकारी दिएका हुन्।

उनका अनुसार, जेनजेडीको प्रदर्शन हिंसात्मक बन्दै गएपछि देशका विभिन्न कारागारमा तोडफोड, आगजनी र सुरक्षाकर्मीहरूमाथि आक्रमणका घटना भएका थिए। त्यस क्रममा कुल १४ हजार ५०७ कैदीबन्दी फरार भएका थिए।

प्रहरीले हालसम्म १ हजार ४५५ कैदीबन्दीलाई नियन्त्रणमा लिएको भए पनि १२ हजार ८५२ जना अझै फरार रहेको पुष्टि भएको छ।

“फरार कैदीहरूलाई छिट्टै नियन्त्रणमा लिने रणनीति बनाइएको छ,” डिआइजी घिमिरेले भने “जनताको सुरक्षालाई ध्यानमा राख्दै प्रहरी सतर्क छ र आवश्यक कदम चालिरहेको छ।”

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार १२:१३   :  बजे

57
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।