Logo

प्रमुख समाचार

सुन तस्करका नाइके गोरे पनि फरार



काठमाडौं । बहुचर्चित ३८ क्विन्टल सुन तस्करी र हत्या प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ कारागारबाट फरार भएका छन् ।

जेनजी आन्दोलनसँगै देशभर अराजकता फैलिँदा सुन्धारास्थित केन्द्रीय कारागारबाट करिब ३३ सय कैदी भागेका थिए । तीमध्ये गोरे पनि रहेका छन् ।

कारागारमा रहेका ३८ सय कैदीमध्ये सुरक्षाकर्मीहरू हटेपछि करिब ५ सय मात्रै जेलमै बसेका थिए ।

सुरक्षा स्रोतका अनुसार नख्खु कारागारबाट निस्किएका समूहले राति १० बजे तिर सुन्धारा कारागारमा हमला गरेका थिए ।

गोरे २०७४ मा सनम शाक्य हत्या प्रकरणमार्फत सुन तस्करीमा मुछिएका थिए । छानबिनमा उनीहरूको समूहले तीन वर्षमा ३८ क्विन्टल सुन तस्करी गरेको निष्कर्ष निकालिएको थियो ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार १३:२७   :  बजे

96
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।