Logo

समाचार

देशैभरका पत्रकारहरूले असुरक्षित महसुस गरेका छन् : महासंघ



काठमाडौं । नेपाल पत्रकार महासंघले पत्रकारहरुले असुरक्षित महसुस गरिरहेको जनाएको छ । महासंघले प्रदर्शनका क्रममा मिडिया हाउस जलाइएको र पत्रकार माथि आक्रमण गरिएको भन्दै आपत्ति जनाएको छ ।

‘अहिले देशैभरी पत्रकारहरुले असुरक्षित महसुस गरिरहेका छन् । ४ जना पत्रकारहरु गोली लागि घाइते भएका छन् । धेरै मिडिया हाउस जलाइएका र आक्रमण गरिएको छन् ।

जनतालाई सुसूचित गर्न र शान्ति र लोकतन्त्रका लागि सधै क्रियाशील हुने पत्रकारहरू र मिडियालाई अहिले पनि आन्दोलनको निसाना बनाइएको छ,’ महासंघ अध्यक्ष निर्मला शर्माले बिहीबार निकालिएको विज्ञप्तिमा भनिएको छ । राज्यले मिडिया हाउस र पत्रकारलाई उचित क्षतिपूर्ति दिनुपर्ने महासंघले जनाएको छ ।

जेनजी पुस्ताले उठाएको संरचनात्मक सुधारका मागलाई समेट्दै लोकतान्त्रिक गणतन्त्रको संरक्षण गदै थप उपलब्धि हासिल गर्न जरुरी रहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार १६:३५   :  बजे

36
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।