Logo

प्रमुख समाचार

सर्वोच्च अदालत आंशिक रुपमा खुल्दै, आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनको सुनुवाइ शुरु हुने



काठमाडौं । हालैको जेनजी आन्दोलनका क्रममा भएको तोडफोड र आगजनीपछि सेवा अवरुद्ध भएको सर्वोच्च अदालतले आगामी आइतबारदेखि आंशिक रुपमा सेवा सञ्चालन गर्ने भएको छ।

सर्वोच्च अदालतका सबै न्यायाधीशहरूको आकस्मिक पूर्ण बैठक (फूल कोर्ट) ले भदौ २९ गतेदेखि बन्दी प्रत्यक्षीकरण (हाबियस कोर्पस) सम्बन्धी निवेदनहरूको दर्ता र नियमित सुनुवाइ सुरु गर्ने निर्णय गरेको हो।

गत मंगलबार आन्दोलनकारीहरूले सर्वोच्च अदालत परिसरमा आगजनी र तोडफोड गरेका थिए, जसका कारण सर्वोच्चको सबै सेवा पूर्ण रूपमा बन्द गरिएको थियो। घटनापछि सुरक्षा व्यवस्था कडा पारिएको छ भने अदालत सञ्चालनका लागि आवश्यक संरचनात्मक मूल्याङ्कन र तयारी भइरहेको जनाइएको छ।

पूर्ण बैठकपछिको विज्ञप्तिमा भनिएको छ, “मिति २०८२।०५।२९ गते आइतबारदेखि बन्दी प्रत्यक्षीकरणका निवेदनहरूको दर्ता तथा नियमित सुनुवाइ हुने निर्णय भएको व्यहोरा सर्वसाधारण सबैको जानकारीका लागि अनुरोध छ।”

प्रकाशित मिति : २६ भाद्र २०८२, बिहीबार १६:५५   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।