Logo

समाचार

सेनाको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न दुर्गा प्रसाईंको माग



काठमाडाैं। विवादास्पद व्यवसायी दुर्गा प्रसाईंले सेनाको नेतृत्वमा अन्तरिम सरकार गठन गर्न माग गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत नेपाली सेनाको नेतृत्वमा अन्तरिम सरकार घोषणा गर्नुपर्ने माग गर्दै हालको संविधान नै खारेज गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्।

उनको दाबी अनुसार, नेपालको वर्तमान संविधान ‘पश्चिमी शक्तिहरूको डिजाइनमा बनेको’ हो। प्रसाईंले लेखेका छन्, “जेनजीको बलिदानलाई धोका दिन पाइँदैन। संविधान यही? संसद यही? राष्ट्रपति यही? व्यवस्था यही? सबै यही हो भने आन्दोलन किन गरियो?” भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

यसअघि पनि प्रसाईंले गणतन्त्र र धर्मनिरपेक्षतामाथि प्रश्न उठाउँदै हिन्दू राष्ट्रको पुनःस्थापनाका लागि आक्रामक अभिव्यक्ति दिँदै आएका छन्।

प्रकाशित मिति : २७ भाद्र २०८२, शुक्रबार १४:५६   :  बजे

324
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।