Logo

प्रमुख समाचार

जेनजी आन्दोलन: मृत्यु हुनेको संख्या ७२ पुग्यो



काठमाडौं । जेनजी आन्दोलनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । प्रधानमन्त्री सुशीला कार्कीको पदभार ग्रहण समारोहमा मुख्य सचिव एकनारायण अर्यालले आन्दोलनमा ५९ जना प्रदर्शनकारी, १० जना कैदीबन्दी र ३ जना सुरक्षाकर्मीको मृत्यु भएको जानकारी दिए ।

भ्रष्टाचार र सामाजिक सञ्जालमाथि लगाइएको प्रतिबन्धविरुद्ध भदौ २३ देखि सुरु भएको आन्दोलनमा १३४ प्रदर्शनकारी र ५७ प्रहरी घाइते भएका छन् ।

आज बिहान मात्रै चाबहिलको चुच्चेपाटीस्थित भाटभटेनीमा ६ जनाको शव फेला परेको छ ।

प्रकाशित मिति : २९ भाद्र २०८२, आईतवार १२:१०   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।