काठमाडौं । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री सुशीला कार्कीलाई सामाजिक सञ्जालमार्फत सुझाव दिएका छन् ।
प्रधानमन्त्री नियुक्त भइसकेपछि प्रत्यक्ष सम्पर्क गर्ने धेरै प्रयास असफल भएकाे भन्दै उनले फेसबुकमार्फत सार्वजनिक सन्देश लेखेका हुन् ।
‘मैले बधाई र शुभकामना यसअघि नै सार्वजनिक गरिसकेको छु । तर प्रत्यक्ष सम्पर्क हुन नसकेपछि यो सामाजिक सञ्जालमार्फत सुझाव दिन चाहन्छु ।’ उनले लेखेका छन् ।
श्रेष्ठले प्रधानमन्त्रीलाई दिएका सुझावमा ६ वटा मुख्य बुँदा छन्,
दलभन्दा बाहिरका स्वतन्त्र, निष्ठावान र क्षमतावान व्यक्तिहरूलाई मन्त्री बनाएर मन्त्रिपरिषद् चाँडै पूर्णता दिनु,
देशमा शान्ति–सुरक्षा कायम गर्दै घोषित मितिमै स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गर्न केन्द्रित हुनु,
भाद्र २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाही गर्नु,
ध्वस्त संरचनाहरूको पुनःनिर्माण प्रक्रिया सुरु गर्नु ,
भ्रष्टाचारविरुद्ध सरकारका अघिल्ला कारबाहीलाई निरन्तरता दिँदै सुशासनको अभियान अघि बढाउनु,
प्रतिनिधिसभा नभएको अवस्थामा राष्ट्रियसभामार्फत संघीय संसद्को भूमिका प्रभावकारी बनाउनु ।





















प्रतिक्रिया