काठमाडौं । ऊर्जा व्यवस्थापनमा कुशल छवि बनाएका कुलमान घिसिङले नयाँ सरकारमा तीन मन्त्रालयको जिम्मेवारी पाएका छन् । घिसिङ ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात, र सहरी विकास मन्त्रालयको नेतृत्व गर्ने भएका छन् ।
पूर्वकार्यकारी निर्देशकका रूपमा नेपाल विद्युत प्राधिकरणमा दुई कार्यकाल बिताएका घिसिङले पहिलो कार्यकालमै मुलुकभरको लोडसेडिङ अन्त्य गर्दै “उज्यालो नेपाल” का प्रतीक बनेका थिए ।
उनले विद्युत् वितरण सुधार, नाफा वृद्धि, पारदर्शिता, ग्रामीण विद्युतीकरणमा उल्लेखनीय काम गरेका थिए । तर, कार्यकालको अन्त्यतिर उद्योगहरूको छुट बिल कटौती विवादमा समेत तानिए ।
पछिल्लो समय स्वतन्त्र रूपमा राजनीतिक गतिविधिमा सक्रिय घिसिङ जेन–जी आन्दोलनमा पनि सहभागी भएका थिए । इन्जिनियरिङ र व्यवस्थापनमा अध्ययन गरेका रामेछापका घिसिङलाई अब सरकारको पूर्वाधार विकासमा महत्वपूर्ण भूमिकामा देख्न सकिनेछ ।





















प्रतिक्रिया