Logo

समाचार

नेपाल र संसारभरका बिरामीको सेवामै समर्पित हुन्छु: डा. सन्दुक रुइत



काठमाडौं । विश्वप्रसिद्ध नेत्र चिकित्सक डा. सन्दुक रुइतले आफू नेपाल मात्र नभई संसारभरका बिरामीहरूको सेवामा जीवन समर्पित गर्ने प्रतिबद्धता जनाएका छन् । चार दशकभन्दा बढी समयदेखि आँखाको उपचारमा समर्पित डा. रुइतले स्वास्थ्य सेवालाई व्यवसायभन्दा बढी सेवाको माध्यमका रूपमा लिनुपर्नेमा जोड दिए ।

‘हामी सबैले आफ्नो पेसा, कर्म र व्यवसायमा इमान्दार भएर काम गर्न सके देशको अवस्था परिवर्तन गर्न धेरै समय लाग्दैन,’ डा. रुइतले भने। उनले स्वास्थ्य सेवा क्षेत्रमा पारदर्शिता, इमानदारी र निष्ठालाई मूल मन्त्रका रूपमा आत्मसात् गर्नुपर्ने बताए ।

डा. रुइतको नेतृत्वमा त्रिभुवन नेत्र अस्पताल र तिलगंगा नेत्र प्रतिष्ठानले लाखौं बिरामीलाई विश्वस्तरीय र सहज उपचार सेवा उपलब्ध गराउँदै आएका छन् । विशेषतः गरिब, पहुँचविहीन र दुर्गम क्षेत्रका बिरामीका लागि उनले सञ्चालन गरेका निःशुल्क शिविरहरू उदाहरणीय बनेका छन् ।

उनका अनुसार स्वास्थ्यलाई व्यापारिक दृष्टिकोणले होइन, सेवाभावका साथ सञ्चालन गर्न सकियो भने मात्रै दीगो र समावेशी परिवर्तन सम्भव हुन्छ ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार १५:२४   :  बजे

195
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।