Logo

समाचार

विराटनगरस्थित भाटभटेनीमा एकजनाको शव फेला



काठमाडाैं । आगजनीमा परेको विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा एकजना व्यक्तिको शव भेटिएको छ । उक्त भवनको सरसफाइ गर्ने क्रममा दोस्रो तल्लामा शव भेटिएको हो ।

शव पूर्ण रूपमा जलेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । जेनजी आन्दोलनका क्रममा विराटनगरस्थित भाटभटेनी सुपरमार्केट मार्केटमा आगजनी तथा तोडफोड भएको थियो । उक्त शव लुटपाटमा गएका व्यक्तिको हुनसक्ने प्रहरीले अनुमान गरेको छ । शवको पहिचान भने हुन सकेको छैन ।

प्रकाशित मिति : ३० भाद्र २०८२, सोमबार १७:०४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।