काठमाडौं । सरकारले आगामी असोज १ गते शोक बिदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शोक दिवस मनाउने निर्णय गरेको गृह तथा कानुनमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिए ।
सरकारले आन्दोलनको क्रममा सहादत प्राप्त गर्ने व्यक्तिहरूलाई सहिद घोषणा गर्ने र राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गर्ने निर्णय गरेको छ ।
उनका अनुसार, सरकारले आन्दोलनमा मृत्यु भएका परिवारलाई क्षतिपूर्ति १० लाख क्षतिपूर्ति र अन्य खर्चबापत पाँच लाख रुपैयाँ गरी १५ लाख रुपैयाँ क्षतिपूर्ति दिने निर्णय गरेको छ ।
घाइतेहरूको निःशुल्क उपचार, दुर्गममा शव सम्बन्धित स्थानमा लैजान निःशुल्क हेलिकोप्टर वा सवारीसाधन उपलब्ध गराउने निर्णय भएको छ । दाहसंस्कारमा पनि सघाउने निर्णय भएको मन्त्री अर्यालले बताए ।
आन्दोलनको क्रममा भएको जनधनको क्षति र ज्यादतीको उच्चस्तरीय न्यायिक छानबिन आयोग ९न्यायिक जाँचबुझ आयोग० गठन गर्ने सैद्धान्तिक निर्णय गरेको ।
त्यस्तै, आन्दोलनका क्रममा निधन भएकाहरूको स्मरणमा जेनजी जागरण स्मरण पार्क निर्माण गर्ने निर्णय भएको छ ।
प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले अघिल्लो केपी शर्मा ओली नेतृत्वको सरकारमा निर्णयका लागि मन्त्रिपरिषद्मा पेस भएका सबै प्रस्तावहरू फिर्ता गर्ने निर्णय गरेको छ ।





















प्रतिक्रिया