Logo

समाचार

बीमा रकम दुरुपयोग गर्ने तीन कर्मचारी बर्खास्त



विराटनगर । कोशी अस्पताल विराटनगरको फार्मेसीमा कार्यरत तीन कर्मचारी स्वास्थ्य बीमा रकम दुरुपयोग गरेको पुष्टि भएपछि सेवाबाट बर्खास्त गरिएको छ। बर्खास्त गरिएकामध्ये दुई फार्मेसी सहायक र एक कार्यालय सहयोगी छन्।

ती कर्मचारीहरूले औषधि कम आपूर्ति गरेर बढी रकम कट्टा गर्ने, चिकित्सकले नलेखेका महँगा औषधि देखाएर भुक्तानी गर्ने, तथा बिरामीको नाममा अत्यधिक औषधि देखाउने जस्ता अनियमितता गरेका थिए।

मोरङका एक क्यान्सर पीडित बिरामीले उजुरी दिएपछि घटना सार्वजनिक भएको हो।

लिखित उजुरीपछि गठन गरिएको छानबिन समितिको प्रतिवेदनले कर्मचारीहरूको संलग्नता प्रमाणित गरेपछि कारबाही गरिएको अस्पताल प्रशासनले जनाएको छ।

स्वास्थ्य बीमा प्रणालीप्रति विश्वास कायम राख्न औषधि आपूर्ति र बिलिङ प्रक्रिया पारदर्शी बनाउनुपर्ने आवश्यकता बढ्दै गएको सरोकारवालाहरूको भनाइ छ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार १०:१६   :  बजे

51
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।