Logo

समाचार

भोलिदेखि बीपी राजमार्ग २४ सै घण्टा सञ्चालन हुने



काठमाडौं । यसवर्षको मनसुन शुरू भएसँगै जोखिमका कारण रातिको समयमा गाडी चलाउन रोक लगाउँदै आइएको बीपी राजमार्ग भोलिदेखि २४ सै घण्टा सञ्चालनमा आउने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेमा हिजो बसेको सुरक्षा समितिको बैठकले मनसुन बाहिरिने क्रममा रहेको र दशैँँ, तिहारलगायत चाडपर्वलाई लक्षित गरी सडक २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो । यात्रुको सहजताका लागि सडक सुरक्षामा सजगता अपनाइ स्वीकृत सडक सुरक्षा कार्ययोजना बमोजिम निर्णय गरिएको समितिले जनाएको छ ।

बीपी राजमार्गमा असार पहिलो हप्तादेखि रातिको समयमा गाडी आवतजावतमा पूर्ण रूपमा रोक लगाइएको थियो ।

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार ११:५८   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।