काठमाडौं । जेन-जी पुस्ताले सुरु गरेको आन्दोलनमा सरकारले गरिरहेको हस्तक्षेपप्रति आपत्ति जनाउँदै विभिन्न नगर र समिति स्तरका स्थानीय नेताहरुले संयुक्त विज्ञप्ति जारी गरेका छन्। विज्ञप्तिमा युवाहरुले उठाएका भ्रष्टाचारविरुद्धका प्रश्नलाई सम्बोधन गर्नुभन्दा उल्टो आन्दोलन दमन गर्ने सरकारी शैली अस्वीकार्य भएको उल्लेख गरिएको छ।
भक्तपुर जिल्ला समिति, चाँगुनारायण, सूर्यविनायक, मध्यपुरथिमी, भक्तपुर नगरपालिका लगायतका नगरस्तरीय नेताहरुले हस्ताक्षर गरेको उक्त विज्ञप्तिमा प्रचलित नेतृत्वविहीन व्यवस्थाले अब जनआन्दोलनलाई रोक्न नसक्ने स्पष्ट चेतावनी दिइएको छ। उनीहरुले “अब कुनै पनि दल वा नेतृत्वको नियन्त्रणमा नभई स्वतःस्फूर्त रुपमा आन्दोलन अघि बढ्ने” भन्दै त्यसको साझा रणनीतिका लागि नेतृत्व समितिको गठन भएको घोषणा गरेका छन्।
विज्ञप्तिमा भनिएको छ- “हामी युवाहरु कुनै पार्टी, पद वा कुर्सीकाको दास होइनौँ। हाम्रो प्राथमिकता जनताको न्याय र देशको भविष्यलाई सुनिश्चित गर्नु हो। हामीलाई दवाउन खोज्दा देश अझै ठूलो संकटमा पर्छ।”
यस संयुक्त विज्ञप्तिमा सूर्यविनायक नगर कमिटी अध्यक्ष एएलिना कार्की, चाँगुनारायण नगर कमिटी संयोजक रेजन दाहाल, मध्यपुरथिमी नगर कमिटी संयोजक रोजन बुड्था, भक्तपुर नगर कमिटी संयोजक रोजिना गोटे, भक्तपुर बहुमुखी क्याम्पस कमिटी अध्यक्ष बिक्रम शर्मा, सोही कमिटी संयोजक निराजन धामीलगायतका नेताहरुको हस्ताक्षर रहेको छ।
उनीहरुले अबको आन्दोलन जनताको अधिकार, समानता र इमानदार शासन व्यवस्थाका लागि हुने पुनः दोहोर्याएका छन्।





















प्रतिक्रिया