Logo

समाचार

नेपाल विद्युत् प्राधिकरणका पूर्वकार्यकारी निर्देशक शाक्यद्वारा कुलमानलाई बधाई



काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक रहिसकेका हितेन्द्रदेव शाक्यले नयाँ ऊर्जामन्त्री बनेका कुलमान घिसिङलाई सामाजिक सञ्जालमार्फत बधाई दिएका छन् । घिसिङले सोमबार ऊर्जामन्त्रीको पदभार ग्रहण गरे पनि कार्यक्रममा शाक्य अनुपस्थित देखिएका थिए ।

उनको अनुपस्थितिलाई लिएर विभिन्न अडकलबाजी भइरहेका बेला शाक्यले आफ्ना फेसबुक पृष्ठमार्फत मन्त्री घिसिङलाई सफल कार्यकालको शुभकामना दिएका हुन् । यसअघि शाक्य र घिसिङबीच प्राधिकरण नेतृत्वकालमा प्रतिस्पर्धा र मतभेदको चर्चा हुने गरेकाले उनको बधाई विशेष रुपमा हेरिएको छ ।

शाक्य हाल निजी कामका सिलसिलामा दक्षिण कोरियामा रहेको बुझिएको छ ।

 

प्रकाशित मिति : ३१ भाद्र २०८२, मंगलवार १६:३१   :  बजे

99
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।