Logo

समाचार

अब ई-७ भिसामार्फत नेपाली कामदार कोरिया जान नपाउने



काठमाडौं । ई-७ भिसामार्फत नेपाली कामदार कोरिया जान नपाउने भएका छन् ।

वैदेशिक रोजगार विभागले मंगलबार सूचना जारी गरेर गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने सम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नहुने बताएसँगै ई-७ भिसामा कोरिया जाने बाटो नखुलेको हो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट उक्त कार्यविधि कार्यान्वयन नगर्न निर्देशन आएको विभागले जनाएको छ । हाल रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत नेपाली कामदार कोरिया जाने गरेका छन् ।

प्रकाशित मिति : १ आश्विन २०८२, बुधबार १०:५८   :  बजे

147
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।