Logo

प्रमुख समाचार

भविष्यले लेख्ने इतिहास: सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षकरणको सुनुवाइ सुरु



काठमाडौं । “भविष्यले लेख्ने इतिहास” भन्ने जनआन्दोलनको बीचमा सर्वोच्च अदालतले आजबाट बन्दी प्रत्यक्षकरणसम्बन्धी मुद्दाको सुनुवाइ सुरु गरेको छ । माननीय न्यायाधीश सपना प्रधान मल्लको इजलासमा मुद्दा हेर्न थालिएको हो।

जनआन्दोलनका क्रममा गिरफ्तार तथा थुनामा परेका व्यक्तिहरूको तर्फबाट दायर बन्दी प्रत्यक्षकरणका रिट सर्वोच्चमा दर्ता भएका थिए । ती रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै अदालतले मुलुकको संवैधानिक व्यवस्था र मौलिक अधिकारबारे महत्वपूर्ण निर्णय गर्ने अपेक्षा गरिएको छ ।

न्यायाधीश मल्लको इजलासमा भइरहेको यो सुनुवाइलाई जनआन्दोलनले ल्याएको ऐतिहासिक मोडसँग जोडेर हेरिएको छ। धेरै कानुनविद्हरूले यसलाई भविष्यमा ‘इतिहासले स्मरण गर्ने इजलास’को रुपमा व्याख्या गर्न थालेका छन् ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार १३:०४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।