Logo

प्रमुख समाचार

प्रधानमन्त्री कार्कीलाई चिनियाँ राजदूतले दिए बधाई



काठमाडौं । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बधाई तथा शुभकामना दिएका छन् ।

चिनियाँ दूतावासकाअनुसार बिहीबार भएको भेटमा राजदूत सोङले प्रधानमन्त्री नियुक्त भएकोमा कार्कीलाई बधाई दिँदै चीनको निरन्तर सहयोगको प्रतिबद्धता जनाएका थिए ।

भेटमा दुवै पक्षबीच आपसी सम्बन्ध, मित्रता र सहकार्यलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको दूतावासले जनाएको छ ।

जेनजी आन्दोलनपछि सुशीला कार्की भदौ २७ गते अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी हुन् ।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार १५:३४   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।