Logo

समाचार

समयमै निर्वाचन गराउन पूर्ण तयार छौं : निर्वाचन आयोग



काठमाडौं । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आयोग समयमै निर्वाचन सम्पन्न गराउन पूर्ण रूपमा तयार रहेको स्पष्ट पारेका छन् ।

बिहीबार गृहमन्त्री तथा कानून, न्याय तथा संसदीय मामिलामन्त्री ओमप्रकाश अर्याललाई स्वागत गर्न आयोजित कार्यक्रममा बोल्दै भण्डारीले आयोगले पूर्वतयारी सुरु गरिसकेको जानकारी दिए ।

उनले भने- ‘काम गर्नबाट पन्छिने छुट हामी कसैलाई छैन। निर्वाचन आयोग निर्वाचन समयमै सम्पन्न गर्न तयार छ। सबै जिल्ला र प्रदेश निर्वाचन कार्यालयमा तयारी भइसकेको छ।’

भण्डारीले स्वतन्त्र उम्मेदवार र राजनीतिक दलहरूलाई बिना अवरोध प्रचार गर्ने वातावरण सुनिश्चित गरिने बताएका छन् । उनका अनुसार, स्वच्छ, निष्पक्ष, भयरहित र अतिमितव्ययी निर्वाचन गरिनेतर्फ आयोग प्रतिबद्ध छ। उनले आयोगको निष्ठा माथि शंका नगर्ने वातावरण बनाउने स्पष्ट संकेत पनि दिए।

भण्डारीले देशमा शान्ति सुरक्षाको अवस्था चुनौतीपूर्ण रहेको उल्लेख गर्दै कतिपय स्थानमा सुरक्षाकर्मी बस्ने भवनसमेत नष्ट भएको बताए।

प्रकाशित मिति : २ आश्विन २०८२, बिहीबार १६:३८   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।