Logo

लुम्बिनी प्रदेश

पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु



रूपन्देही । खोलामा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा ओमसतिया गाउँपालिका–५ बस्ने १५ वर्षीय श्यामु गुप्ता रहेको प्रहरीले जनाएको छ ।

बिहीबार सिद्धार्थनगर नगरपालिका–९, गोनहियामा रहेको ड्याममा पौडी खेल्न गएका बालक डुबेका थिए । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका सूचना अधिकारी सुरज कार्कीका अनुसार, सोही दिन अबेर खबर भएकोले उद्धार र खोजी कार्य सम्भव नभएको हुँदा शुक्रबार बिहानैदेखि खोजी सुरु गरिएको थियो ।

सुरुमा वडा प्रहरी कार्यालय भैरहवा र स्थानीयको संयुक्त टोलीले खोजी गरे बेपत्ता बालक भेटिएनन् । पछि सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय २७ नम्बर गणका सशस्त्र प्रहरी निरीक्षक खड्क केसीको नेतृत्वमा खटिएको १० जनाको विपद् व्यवस्थापन टोलीले बालकलाई खोलाबाट मृत अवस्थामा फेला पारेको थियो ।

मृतक बालकको शवलाई परीक्षणको लागि भैरहवाको भीम अस्पतालमा पठाइ यसबारे थप अनुसन्धान भइरहेको सूचना अधिकारी कार्कीले जानकारी दिए । रासस

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार २०:२६   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।