Logo

प्रमुख समाचार

घाइतेहरू भेट्न अस्पताल पुगेकी पूर्वराष्ट्रपति भण्डारी भनिन्ः जेनजीको नाम हिंसात्मक विध्वंश मच्चाइयो



काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजीको नाम अगाडि राखेर हिंसात्मक विध्वंश मच्चाउने गतिविधि भएको बताएकी छन् ।

शुक्रबार जेनजी प्रदर्शनका क्रममा भएका घाइतेहरू भेट्न प्रहरी अस्पताल पुगेकी उनले यस्तो बताएकी हुन् ।

उनले आन्दोलनबाट ठूलो क्षति भएको बताउँदै नेपाल प्रहरीलाई आत्मबल प्रदान गर्नुपर्ने पहिलो काम रहेको बताइन् ।

उनीहरू बस्ने भौतिक संरचनाहरू बनाउनुपर्ने आवश्यकता रहेको पनि उल्लेख गरिन् ।

“शान्तिपूर्ण ढंगले आफ्ना मागहरू राख्ने भन्दै आन्दोलनमा उत्रिएका जेनजीको आवरणमा हिंसात्मक विध्वंश मच्चाउने काम भएको छ,” उनले भनिन् ।

यसबारे राम्रोसँग अध्ययन हुनुपर्ने उनको माग छ । राष्ट्रिय सम्पत्तिको यसरी विध्वंश गरेर देशको विकास नहुने जिकिर गरिन् ।

उनले आन्दोलनकारीका नाममा लुटपाट, आगजनी र तोडफोड भएको बताइन् । आवेग, उत्तेजनाभन्दामाथि उठेर राष्ट्रिय भावना र सर्वोपरी हित हुनेगरी काम गर्नुपर्ने उल्लेख गरिन् ।

प्रकाशित मिति : ३ आश्विन २०८२, शुक्रबार २०:३५   :  बजे

45
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।