काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले आफ्नो अभिभावकमाथि आक्रमण हुँदा र अस्पतालमा उपचार भइरहेका बेला पार्टीभित्र सुरु गरिएको बहस जायज नभएको बताएका छन् ।
डा. महतले आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी आन्दोलनपछि कांग्रेसमा भइरहेको नेतृत्व परिवर्तनको बहसलाई लक्षित गर्दै यस्तो बताएका हुन् । कांग्रेस महामन्त्रीद्धय गगन थापा र विश्व प्रकाश शर्माले विशेष महाधिवेशनमार्फत नेतृत्व परिवर्तन गर्नुपर्ने प्रस्ताव गर्दै आएका छन् ।
‘अभिभावकमाथि सघातिक प्रहार हुँदा उपचार पनि पुरा हुन पर्खन पनि सक्दैनौ ? आकाश झरिहाल्छ ?’, महतले भने, ‘अवश्य पनि पार्टीका संरचनामा छलफल गर्छौ । घटनाको मूल्याङ्कन पनि गर्छौ र सुधार पनि गर्छौ ।’
उनले यस्तो बेला नेतृत्व हस्तान्तरणको बहसले देशलाई निरन्तर अस्थिरतातर्फ धकेल्ने प्रवृत्तिलाई नै मद्दत पुग्ने दाबी समेत गरेका छन् ।
सहज हुँदा एकदम अतिशयोक्तिपूर्ण किसिमबाट प्रशंसा गर्ने र अप्ठेरो हुनेवित्तिकै गालीगलौजको वर्षा गर्ने उपयुक्त नहुने भन्दै घाउमा नुन छर्ने प्रवृत्ति गलत रहेको महतले बताए ।





















प्रतिक्रिया