Logo

प्रमुख समाचार

केपी ओलीले प्रधानमन्त्री मातहत लगेका तीन विभाग सम्बन्धित मन्त्रालयमा फर्काइँदै



काठमाडौं । सरकारले प्रधानमन्त्री कार्यालय मातहत रहेका राष्ट्रिय अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राजस्व अनुसन्धान विभागलाई पुनः सम्बन्धित मन्त्रालय मातहत ल्याउने तयारी गरेको छ ।

आइतबार बस्ने मन्त्रिपरिषद् बैठकमा राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयमा र बाँकी दुई विभागलाई अर्थ मन्त्रालयमा फर्काउने प्रस्ताव पेश हुने अर्थ मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

विस २०७५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यी विभागहरू प्रधानमन्त्री कार्यालय मातहत ल्याएका थिए । तर, यसले सुरक्षा समन्वय र आर्थिक अनुसन्धानमा समस्या सिर्जना गरेको भन्दै अब सुधार गर्ने तयारी गरिएको हो ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आईतवार १३:१२   :  बजे

363
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।