काठमाडौं । यामाहा नेपालले देशभरका यामाहा ग्राहकहरूमा उत्साह भर्न ल्याएको आफ्नो दशैंतिहार विशेष अफर “राइड द ब्लू विद रोडिज” अन्तर्गत पहिलो विकली लक्की ड्रको विजेता घोषणा गरेको छ ।
यो ड्र २ असोज, २०८२ मा काठमाडौंको जय नेपाल सिनेमा हल, हात्तीसारमा आयोजित यामाहा ब्लू फेस्ट कार्यक्रममा गरिएको थियो । सो अवसरमा नेपालका चर्चित मोटरसाइकल रेसर श्रीहरि पौडेलले विजेताको नाम सार्वजनिक गरेका थिए ।
रकेट उपनामले परिचित २८ वर्षीय श्रीहरि पौडेल व्यवसायिक मोटरसाइकल रेसर हुन्, जो यामाहा नेपालका पनि आधिकारिक रेसर हुन् । उनी नेपाल मोटरस्पोर्ट्स इतिहासका पहिलो गोल्ड मेडल विजेता, नेपाल रोड रेसिङ च्याम्पियनसिपका लगातार पाँच पटकको विजेता र सन् २०२४ का नेसनल च्याम्पियन हुन् ।
यस हप्ताको ग्राण्ड उपहारको विजेता भैरहवाका बिनोद यादवले नयाँ यामाहा बाइक जितेका छन् । यामाहाले दशैं अभियान मार्फत निरन्तर रूपमा आफ्ना ग्राहकलाई खुशी दिँदै आएको छ । त्यस अनुरूप यो पनि अर्को एउटा महत्वपूर्ण क्षण हो ।
लक्की ड्रका बारेमा एम.ए.डब्लू. राइड्स प्रा.लि.का कार्यकारी निर्देशक तथा सिईओ दीपक कुमार अग्रवालले भने, “यस हप्ताका विजेतालाई म हार्दिक बधाई दिन चाहन्छु। यामाहाले सधैं थ्रिल, लाइफस्टाइल र पर्फर्मेन्सलाई महत्त्व दिने गरेको छ, र ‘यामाहा राइड द ब्लू विद रोडिज’ अभियानमार्फत यो दशैंमा ग्राहकलाई थप खुसी दिन पाउँदा हामी उत्साहित छौं। अझै धेरै लक्की ड्रहरू बाँकी भएकाले सबै दर्ता भएका ग्राहकका लागि यामाहा बाइक जित्ने अवसर उपलब्ध छ ।”
“यामाहा राइड द ब्लू विद रोडिज” अभियानमा निम्न अफरहरू रहेका छन्:
-बाइक खरिदअघि नै अधिकतम रु. १ लाखसम्मको नगद उपहार
-बाइक खरिदपछि अधिकतम रु. १० लाखसम्मको नगद उपहार
-हरेक सातामा लक्की ड्रमार्फत १ यामाहा बाइक
-फ्री हेलमेट, ४ वटा नि:शुल्क एडिसनल सर्विस कुपन, स्पेयर पार्ट्स र ल्युबमा ५% छुट
-स्पट एक्सचेन्ज, इजी फाइनान्स र छानिएका मोडलमा ०% ब्याजसहित ईएमआई सुविधा




















प्रतिक्रिया