काठमाडौं । जेनजी आन्दोलनका घाइतेहरू आफ्ना माग सरकारसमक्ष राख्न सिंहदरबार पुगेका थिए तर प्रवेश अनुमति नपाएपछि उनीहरू दक्षिण गेटमै धर्नामा बसेका छन् ।
अस्पतालको रिपोर्टसहित आएका घाइतेमध्ये केही वैशाखीको सहारामा थिए । उनीहरूले आन्दोलनकै कारण सत्तामा पुगेकाहरूले पीडित आवाज सुन्ने चेष्टा नगरेको आरोप लगाएका छन् ।
‘हामी आफ्ना घाउ देखाउन आएका थियौं, तर पास नै दिएनन्,’ एक घाइतेले भने, ‘त्यसपछि बाध्य भएर गेटमै बस्यौं ।’




















प्रतिक्रिया