Logo

समाचार

पृथ्वी राजमार्ग साँझसम्म खुल्ने



काठमाडौं । पहिरोका कारण अवरुद्ध रहेको पृथ्वी राजमार्ग आज साँझसम्म खुलाउने गरी काम भइरहेको छ । पहिरोका कारण ४० घण्टाभन्दा बढी अवरुद्ध रहेको मुग्लिन-नारायणघाट सडक खण्डमा यात्रु अलपत्र परेपछि धमाधम पहिरो पन्छाउने काम भइरहेको छ ।

सडक विभागका प्रवक्ता प्रभातकुमार झाले वर्षा नभएका खण्डमा साँझसम्म मुग्लिन-नारायणघाट सडकखण्डको पहिरो पन्छाएर सडक खुलाउने गरी काम भइरहेको जानकारी दिए ।

विभागका अनुसार पृथ्वी राजमार्ग, अरनिको राजमार्ग, ठोरी-भण्डारा-मलेखु, गल्छी-त्रिशूली-बेत्रावती-मैलुङ-स्याफ्रुबेंसी-सुवागढी,रानी-विराटनगर-इटहरी-धरान-धनकुटा-हिले, लेघुवाघाट-तुम्लिङटार-खाँदबारी-नुम-किमाथाङ्कालगायतका हाल देशभर १० राजमार्ग पूर्ण रूपमा अवरुद्ध छन्।

यसैगरी १६८ राजमार्गमा यातायातका साधन एकतर्फी रूपमा सञ्चालन भइरहेका विभागले जनाएको छ।

प्रकाशित मिति : ५ आश्विन २०८२, आईतवार १६:२२   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।