काठमाडौं । बिमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सर्वोच्च अदालतबाट प्राप्त अल्पकालीन अन्तरिम आदेशको जानकारी सर्वोच्चले सरकारलाई दिएको छ ।
सर्वोच्च अदालतले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पत्र पठाउँदै भदौ २३ गते भएको सुनुवाइमा ओझाको रिटमा अदालतले दिएको आदेशबारे जानकारी गराएको हो ।
शरद ओझाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयसहितलाई विपक्षी बनाएर दायर गरेको रिट (नं. ०८२-WO-०२५७) मा अदालतले अन्तरिम आदेश मागअनुसार विपक्षीका नाममा असोज २६ सम्म लागू हुनेगरी अल्पकालीन अन्तरिम आदेश जारी गरेको हो ।





















प्रतिक्रिया