Logo

प्रमुख समाचार

मनसुनी वायुको प्रभाव कमजोर बन्दै, स्थानीय वायुको आंशिक प्रभाव कायमै



हाल मनसुनी वायुको प्रभाव कमजोर रहेको छ, तर स्थानीय वायुको आंशिक प्रभाव कायमै छ।
कोशी प्रदेश र पहाडी भू-भागमा बदली रहँदा, अन्य प्रदेशमा आंशिक बदली रहेको छ।
कोशी, बागमती र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको छ।
काठमाडौँ । हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको छ तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको छ।
कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी प्रदेशहरूमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
सोमबार कोशी प्रदेश लगायत बाँकी पहाडी भू-भागमा साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली रहने छ। कोशी प्रदेशका केही स्थानहरूमा, बाँकी पहाडी भू-भागको थोरै स्थानहरूमा तथा बाँकी तराई भू-भागका एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार ०६:०३   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।