Logo

प्रमुख समाचार

मन्त्रीको सूचीबाट डा. मिश्राको नाम काटियो



काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री सिफारिस भएकी डा. संगीता कौशल मिश्राको नाम प्रधानमन्त्री सुशीला कार्कीले काटेकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आज (असोज ६) चारजनाको मात्र शपथ हुने राष्ट्रपतिको कार्यालयलाई जानकारी गराएको छ ।

योसँगै राष्ट्रपतिको कार्यालयले चार मन्त्रीको शपथ गराउने गरी तयारी अघि बढाएको छ ।

अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले डा. मिश्रालाई आइतबार (असोज ५) स्वास्थ्यमन्त्री बनाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेकी थिइन् । तर, उनीविरुद्ध भ्रष्टाचारको उजुरीमा छानबिन भइरहेको विवरण सार्वजनिक भएपछि तत्काल नियुक्ति अघि नबढाउन राष्ट्रपतिको कार्यालयलाई आग्रह गरिएको थियो ।

प्रकाशित मिति : ६ आश्विन २०८२, सोमबार १३:४४   :  बजे

228
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।