Logo

प्रमुख समाचार

सुनधारास्थित केन्द्रीय कारागारबाट भागेका कैदी मकवानपुरबाट पक्राउ



काठमाडौँ । सुनधारास्थित केन्द्रीय कारागारबाट भागेका एक जना कैदीलाई प्रहरीले मकवानपुरबाट पक्राउ गरेको छ ।

लागुऔषध खैरो हेरोइन मुद्दामा ५ वर्ष कैद र ५० हजार जरिवाना तोकिएका राजेश खातीलाई पक्राउ गरिएको मकवानपुरका एसपी सुवास बोहराले रातोपाटीलाई बताए ।

हेटौँडा उप महानगरपालिका–१५ घर भएका २८ वर्षीय खातीलाई प्रहरीले कारागार कार्यालय भिमफेदीमा बुझाएको छ ।

उनी रातमाटे चेकपोस्टबाट पक्राउ परेका हुन् । जेनजी प्रदर्शनको क्रममा भदौ २४ मा उनी सुन्धाराबाट अरू कैदीबन्दीसँगै भागेका थिए ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार ००:१६   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।