Logo

अन्तर्राष्ट्रिय

भारतको लद्दाखमा छुट्टै राज्यको माग गर्दै जेनजी आन्दोलन: ४ जनाको मृत्यु, ५० घाइते



काठमाडौं । भारतको लद्दाखमा राज्यको माग गर्दै भइरहेको आन्दोलन बुधबार हिंसात्मक बनेपछि कम्तीमा ४ जनाको मृत्यु र ५० भन्दा बढी घाइते भएका छन् ।

हिन्दूस्तान टाइमसका अनुसार प्रदर्शनकारीले प्रहरीको गाडीमाथि ढुंगामुढा तथा आगजनी गरेपछि झडपको स्थिति बनेको थियो ।

स्थिति नियन्त्रणमा लिन सुरक्षाकर्मीहरूले अश्रुग्यास र लाठीचार्ज गरेका छन्। हिंसा चर्किएपछि लेहमा कर्फ्यू जारी गरिएको छ ।

हालसम्म स्थिति तनावग्रस्त रहेकाले प्रशासनले शान्ति कायम राख्न अपिल गरेको छ ।

प्रकाशित मिति : ८ आश्विन २०८२, बुधबार २२:३१   :  बजे

210
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।