काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पार्टी पुनःगठनको अपिल गरेका छन्। भिडियो सन्देशमार्फत उनले जेनजी विद्रोहपछि उत्पन्न परिस्थितिलाई आत्मसमीक्षा गर्ने अवसरका रूपमा उपयोग गर्न पार्टी नेता–कार्यकर्तालाई आह्वान गरेका हुन् ।
भट्टराईले इतिहासका संकटका मोडमा पार्टी पुनर्गठित भएको स्मरण गराउँदै भने, “आत्मभर्त्सना बन्द गरौं, आत्मसमीक्षा डटेर गरौं।” उनले २०६१ माघ १९ पछि एमाले पुनर्गठन भएको प्रसंग कोट्याउँदै अहिले पनि युवापुस्ताले अग्रसरता लिनुपर्ने उल्लेख गरे।
उनका अनुसार, “पार्टीको आन्तरिक लोकतन्त्रलाई प्रणालीगत रूपमा स्थापित गर्नुले पार्टी बाँच्यो, आन्दोलन सफल भयो।” उनले कमजोरी स्वीकार नगर्दा पार्टी कमजोर हुने र प्रतिद्वन्द्वी बलियो बन्ने खतरा औंल्याउँदै लेनिनको भनाइ उद्धृत गरे, “कमजोरी लुकाउनु भनेको दुश्मनलाई बलियो बनाउनु हो।”





















प्रतिक्रिया