Logo

प्रमुख समाचार

कात्तिक ३० सम्म मतदाता नामावली संकलन गर्ने आयोगको निर्णय



काठमाडौं । निर्वाचन आयोगले आगामी कात्तिक मसान्त (कात्तिक ३०)सम्म मतदाता नामावली सङ्कलन र अद्यावधिक गर्ने निर्णय गरेको छ ।

आयोगको बिहीबार बसेको बैठकले आगामी कात्तिक मसान्तसम्म मतदाता नामावली सङ्कलन गर्ने निर्णय गरेको आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले अध्यादेशमार्फत मतदाता नामावली सङ्कलन गर्न बाटो खोलिदिन सरकारलाई आग्रह गरेअनुसार सरकारले उक्त बाटो खोलिदिएको थियो ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार १६:१८   :  बजे

48
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।