Logo

प्रमुख समाचार

ओली, लेखकसहित शीर्ष नेताहरूको पासपोर्ट रोक्का गर्ने सरकारको तयारी



काठमाडौं । सरकारले नेकपा एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, पूर्वगृहमन्त्री रमेश लेखक, पूर्वऊर्जामन्त्री दीपक खड्का लगायतका शीर्ष नेताहरूको राहदानी (पासपोर्ट) रोक्का गर्ने तयारी गरेको छ ।

सरकारी स्रोतकाअनुसार भदौ २३ गतेको जेनजी आन्दोलनलाई दमन गर्ने जिम्मेवार नेतामाथि अनुसन्धान गर्नुपर्ने मागका आधारमा राहदानी रोक्का गर्न लागिएको हो। एक मन्त्रीले भने, “जेनजी आन्दोलनमाथिको दमन र नेताहरूको घरमा भेटिएको शंकास्पद नगदको विषयमा छानबिन आवश्यक छ। त्यसैले पासपोर्ट रोक्ने तयारी भइरहेको छ।”

सरकारले तत्काल मूख्य दुई विषयमा अनुसन्धान गर्ने देखिएको छ । सरकारले गरेको दमन र नेताको घरमा देखिएको नगदको आधारमा तत्काल अनुसन्धान गर्नको लागि पासपोर्ट रोक्का गर्न लागेको स्रोतको दाबी छ ।

प्रकाशित मिति : ९ आश्विन २०८२, बिहीबार १६:४८   :  बजे

135
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।