Logo

अर्थ

बैंकको गाडी ‘म्याडमको सवारी’,- एनआईसी एशियाका उच्च पदस्थको निर्लज्ज लुट



काठमाडौँ। एनआईसी एशिया बैँक लिमिटेडका सिनियर कर्मचारीले सुविधाका नाम सवारी साधनको चरम दुरुपयोग गरिरहेका छन्।

बैँकले असिस्टेन्ट मेनेजरदेखि उपल्लो तहका कर्मचारीलाई प्रोत्साहन स्वरुप सवारी लगायत विभिन्न किसिमका सेवा सुविधा दिँदै आएको छ। तर, प्राप्त अधिकार र अख्तियारको दुरुपयोग गरी तिनै कर्मचारीले सार्वजनिक सम्पत्तिको चरम दोहन गरेको तथ्य भेटिएको छ। एनआईसी एशिया बैंकको सवारी सुविधा दुरुपयोग गर्नेमा बैँकका सिमियर मेनेजरदेखि कार्यवाहक सिईओसम्मै छन्।

बैंकले असिस्टेन्ट मेनेजरका लागि २० लाखदेखि डेपुटी सिईओलाई ४५ लाखसम्मको सवारी सुविधा दिएको छ। बैँकले उक्त सुविधा मासिक तलबभत्तामार्फत् प्रदान गर्छ। कर्मचारीले उक्त सुविधाअनुसार बैँकबाट गाडी लिएका छन् ।

तर, बैँकको सवारी सुविधा लिएका कर्मचारीले समेत बैँकबाट अतिरिक्त अर्को सवारीसँगै चालकसमेत घरायसी प्रयोजनका लागि लिएको पाईएको छ। जसमा कार्यवाहक सिईओ सन्तोषकुमार राठी, असिस्टेन्ट सिईओ द्वय जयन्द्र रावल र राजेश रावल, अर्का असिस्टेन्ट सिइओ अर्जुनराज खनिया र रन्जन खड्का, सिनियर मेनेजर कैलास गौतमलगायत छन्। उनीहरुले बैँकको दोहोरो सुविधा लिँदै आएका छन्।

जसमध्य एसिईओ अर्जुनराज खनियाले अख्तियारको सबैभन्दा बढी दुरुपयोग गरेका छन्। उनले सवारी सुविधावापत ३५-४० लाख रुपैयाँ लिन्छन्। सोहिअनुसार उनले बैँकबाट सवारी कर्जा लिएका छन्। तर, उनले बैंक व्यवस्थापन नेतृत्वलाई मेनुपुलेट गर्दै बैँकको अर्को सवारी अर्थात् टाटाको नेक्सन इभी चालकसहित चौबीसै घन्टा प्रयोग गरिरहेका छन्। खनियाले उक्त सवारी श्रीमतीको निजि प्रयोजन तथा घरायसी काममा लगाउँदै आएको भेटिएको छ।

सवारी साधनको चरम दुरुपयोग भएको भन्ने गुनासोका आधारमा अनलाईनपाना डटकमको टीमले स्थलगत रिपोर्टिङ्ग गर्ने क्रममा खनियाले प्रयोग गर्ने बा.२८ च.६४९४ नम्बरको नेक्सन इभी गाडी बैँकका चालकसहित उनकी श्रीमतीको निजी कामका लागि दिनभर खटिएको तथ्यसहितको प्रमाण भेटिएको छ।

उनकी श्रीमतीको सेवामा लैनचौरस्थित उनको कार्यलय अर्थात् वडा कार्यलाईबाट १०:१० मा उनलाई लिएर निस्किएको एनआईसी एशिया बैँकको गाडी झण्डै ४ घण्टासम्म पनि सपिङ्ग सेन्टरदेखि उनका विभिन्न निजी काममै खटिएको पाईएपछि हामीले तत्कालीन जिएसडी प्रमुख सुजन पोखरेलाई सोध्यौँ। उनले उक्त गाडी अर्जुनराज खनियाले प्रयोग गर्दै आएको र सो समयमा उनी कार्यालयमै भएको भन्दै सवारी कसले दुरुपयोग गर्‍यो भन्ने सम्बन्धमा छानबिन गर्ने बताए। तर आजसम्म पनि उक्त बिषयमाथि छानबिन नभएको बैँक स्रोत बताउँछ।

यस सम्बन्धमा उक्त गाडी चालकले आँफुलाई खनियाले जताजता जाउ भन्यो त्यतै जाने र आफिस टाइमभन्दा बाहेकको समयको ओभरडाईम बैँकले नै दिदा हुँदा यसमा आफ्नो सरोकार नभएको बताए। तर, उनका चालक सहकर्मीका अनुसार भने खनियाले बैँकको गाडी र चालक अघिकांस समय श्रीमती छोराछोरी र साला सालीहरुकै ड्युटीमा खटाउने गरेका छन्।

उनका लागि भन्दै लिइएको उक्त गाडी र चालक अधिकांश समय श्रीमतीकै ड्युटी भन्दै जाने गरेको बैँककै चालकहरु बताउँछन्। यसअघि खनियाकै गाडी चलाइरहेका तर उनकी श्रीमतीले पठाइदिन भनेको समयमा गाडी नपुगेको गुनासो गरेपछि ड्युटीबाटै निकालिदिएका चालक भन्छन्, -” मैले ४ बर्षसम्म म्याडमको ड्युटी गरेँ। भोज भएका बेला रातीको १२:०० बजेसम्म बसेर बिहानै ५ बजेपनि उहाँको सेवामा खटिएको छु। तर, एकदिन भोज सकिएर लिन जाँदा १० मिनेट ढिलो पुग्दा म्याडम रिसाउनु भयो। उहाँका सालीहरु पनि हुनुहुन्थ्यो। भोलिपल्ट त सरले ड्युटीबाटै पो निकालिदिनु भयो। अहिले अफिसकै गाडी? चलाउँछु तर ओभरटाइम हुन्न, गाह्रो छ।”

त्यस्तै बैँकको सवारी दुरुपयोग गर्नेमा सिमियर मेनेजर कैलास गौतम छन्। उनले पनि बैँकबाट सवारीसुविधास्वरुप हुन्डाईको टक्कसन गाडी लिएका छन। तर, उनले बैँकबाट छुट्टै अर्को नेक्सनकै इभी गाडी चालकसहित प्रयोग गरिरहेका छन्। उनको उक्त गाडी पनि श्रीमतीलाई कार्यलय पुर्याउने, ल्याउने तथा अन्य घरायसी काममै प्रयोग हुँदै आएको बैँक स्रोत बताउँछ। उनकी श्रीमती प्रभु बैँककी कर्मचारी हुन् ।

त्यस्तैगरी हालै बैँकका कार्यवाहक सिइओ बनेका संतोषजनक कुमार राठी, जयन्द्र रावल, राजेश रावल, रन्जन खड्का लगायतले अनि बैँकको सवारी सुविधा लिएका छन्। उनीहरुले अतिरिक्त बैँकको कामबाहेक घरायसी प्रयोजनमा समेत बैँककै चालक प्रयोग गरिरहेका छन्। चालकले उनीहरुको कार्यलयसमय बाहेकका कामको ओभरटाइम लिन्छन्।

पछिल्लो केहि समय यता एनआईसी एशिया बैँक वित्तीय संकटमा छ। तर, बैँकले कर्मचारी सुविधाका लागि भन्दै खरिद गरेका सयौँ सवारी अलपत्र अवस्थामा थन्क्याइएको छ । भैरहेका केहि सवारी प्रयोगविहिन अवस्थामा हुँदासमेत व्यवस्थापकीय जिम्मेवारीमा रहेका कर्मचारीले कमिसनको चक्करमा अर्को कम्पनीसँग सम्झौता गरी नयाँ सवारी खरिद गरी बैँकमाथि अर्को आर्थिक भार थपेको पाईएको छ।

यस सम्बन्धमा प्रतिक्रिया लिन बैँकका सूचना अधिकारी अर्जुन  खनियालाई सम्पर्क गर्दा उनले प्रतिक्रिया दिन चाहेनन्।

प्रकाशित मिति : ११ आश्विन २०८२, शनिबार १६:२३   :  बजे

7.8K
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।