काठमाडौं । जनमत पार्टीका अध्यक्ष सीके राउतले गृहमन्त्री रवि लामिछानेको कार्यशैलीको प्रशंसा गरेका छन् । उनले लामिछानेले गृहमन्त्रीका रूपमा भ्रष्टाचारविरुद्ध साहसी कदम चालेको भन्दै भने, “यदि उनलाई दुई महिना थप मौका दिइएको भए, धेरै ठूला नेता अहिले जेलमा हुन्थे।”
राउतले देशमा सुधारका प्रयासहरू राजनीतिक स्वार्थ र पुरानो प्रणालीका कारण रोकिएको भन्दै गुनासो गरे । साथै, जनमत पार्टीले पनि राजनीतिक शुद्धता र जवाफदेहिताको अभियानलाई निरन्तरता दिने प्रतिवद्धता जनाए ।





















प्रतिक्रिया