Logo

प्रमुख समाचार

कांग्रेसमा विशेष महाधिवेशन माग, इतर पक्षको हस्ताक्षर अभियान तीव्र



काठमाडौं । नेपाली कांग्रेसको इतर पक्षले विशेष महाधिवेशन माग गर्दै संकलित हस्ताक्षर असोज २६ गतेको केन्द्रीय समिति बैठकअघि बुझाउने तयारी गरेको छ । सभापति शेरबहादुर देउवाको नेतृत्वमा पार्टी नचल्ने निष्कर्षसहित महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र नेता शेखर कोइरालाले अभियान अघि बढाएका छन् ।

अहिलेसम्म १०९ प्रतिनिधिको समर्थनसहित हस्ताक्षर संकलन जारी छ भने ४० प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर पुगेपछि विशेष महाधिवेशन माग्ने तयारी छ ।

संस्थापन पक्ष भने नियमित महाधिवेशनको पक्षमा छ ।

अहिले हस्ताक्षर संकलन भइरहेकाले केन्द्रीय समिति बैठक अघि नै बुझाउने तयारी भइरहेको महामन्त्री थापा निकट एक नेताले बताए ।

जारी हस्ताक्षर अभियानमा महामन्त्री थापा र इतर पक्षका नेता कोइरालाको पनि समर्थन रहेको ती नेताले दाबी गरे । विशेष महाधिवेशन माग्न आवश्यक ४० प्रतिशत हस्ताक्षर संकलन भइरहेको नेताहरूले दाबी गरे ।

प्रकाशित मिति : २० आश्विन २०८२, सोमबार १३:५१   :  बजे

195
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।