Logo

प्रमुख समाचार

महिनादिनदेखि श्रम मन्त्रालय नेतृत्वविहीन



महिनादिनदेखि श्रम मन्त्रालय नेतृत्वविहीन
काठमाडौं । हाल ३५ लाखभन्दा बढी नेपाली वैदेशिक रोजगारीमा छन् । तर, जेनजी आन्दोलनपछि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय एक महिनादेखि मन्त्रीविहीन बनेको छ । प्रधानमन्त्री सुशीला कार्कीले नै यो मन्त्रालयको नेतृत्व लिइरहेकी छिन् ।
जेनजी आन्दोलनपछि युनाइटेड अरब इमिरेट्स (यूएई), कतार, साउदी अरब लगायत देशले नेपालीलाई भिसामा कडाइ गरेका थिए । यूएईले त भिजिट भिसामा अहिलेसम्म प्रतिबन्ध लगाएको छ । वर्किङ भिसामा समेत उनीहरूले कडाइ गरेका थिए ।
आन्दोलन क्रममा जेलबाट भागेका कैदी तथा कैदीबन्दी आफ्नो देश आउन सक्ने र त्यसले सुरक्षा जोखिम बढाउने भन्दै यूएईले नेपालीलाई भिजिट भिसामा रोक लगाएको थियो । वर्किङ भिसाका हकमा समेत कडाइ गरेको थियो ।
आन्दोलनपछि अन्तर्राष्ट्रिय स्तरमा नेपाली श्रमिकप्रति हेरिने दृष्टिकोणमा परिवर्तन आइरहेका बेला श्रम मन्त्रालयलाई सक्षम र सबल नेतृत्वको आवश्यकता परिरहेको छ । तर, अहिलेसम्म मन्त्रीविहीन रहेको अवस्था छ ।

प्रकाशित मिति : २१ आश्विन २०८२, मंगलवार २२:३४   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।