सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्ने भएको छ । गत शनिबार बहुमत सचिवालय सदस्यहरूले लिखित पत्र बुझाउँदा पनि प्रधानमन्त्री तथा पहिलो वरीयताका अध्यक्ष केपी शर्मा ओलीले सहमति दिएका थिएनन् । विधानको धारा ५९ (४) अनुसार महासचिव विष्णु पौडेललाई निर्देशन दिएको प्रधानमन्त्री ओलीले बताउँदै आएका थिए ।
यसैबीच नेकपाका कार्यकारी अध्यक्ष प्रचण्डसहितका सचिवालयका बहुमत सदस्यले आजको बैठकमा प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीविरुद्ध एक मतका साथ प्रस्तुत हुने रणनीति बनाएका छन् । बिहीबार प्रचण्ड निवास खुमलटारमा भएको बहुमत सचिवालय सदस्यबीचको छलफलले सचिवालय बैठकमा एक मतका साथ प्रस्तुत हुने रणनीति बनाएको छलफलमा सहभागी एक नेताले बताए ।
यसैबीच महासचिव पौडेलले आज दिउँसो ४ बजेलाई बैठक आह्वान गरेका छन् । पार्टी महासचिव विष्णु पौडेलले पनि आज ४ बजे बालुवाटारमा बस्नेगरी बैठक आह्वान भएको जानकारी दिए । प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकबारे प्रचण्डसाग छलफल भएको हो वा होइन भन्नेबारे बुझ्न बाँकी भएको बताए ।





















प्रतिक्रिया