Logo

प्रमुख समाचार

माइतीघर–बानेश्वर क्षेत्रमा सुरक्षा व्यवस्था कडा, सात हजार प्रहरी परिचालन



काठमाडौं । माइतीघर–नयाँ बानेश्वर आसपासका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ । अहिले ती क्षेत्रहरुमा ठूलो मात्रामा नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीहरु परिचालन गरिएको छ ।

जेनजी समूहका विभिन्न टिमले प्रदर्शन गर्ने तथा नेकपा (एमाले)ले समेत भक्तपुरमा बिहीबार नै कार्यक्रम गर्ने तालिका राखेपछि सुरक्षा व्यवस्था कडा पारिएको हो ।

काठमाडौं प्रहरीले सम्भावित घटना रोक्न सुरक्षा व्यवस्था मिलाएको जनाएको छ ।

प्रहरी अधिकारीका अनुसार सात हजारको हाराहारीमा प्रहरीको टोली परिचालन गरिएको छ । प्रहरीबाहेक सशस्त्र प्रहरी बलको टोलीसमेत खटाइएको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार ११:३५   :  बजे

711
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।