Logo

प्रमुख समाचार

तीन प्रदेशमा बाढीपहिरोले नौ राजमार्ग अवरुद्ध



काठमाडौं । देशभर वर्षाका कारण कोशी, बागमती र कर्णाली प्रदेशका नौ मुख्य राजमार्ग बाढीपहिरोले अवरुद्ध भएका छन् ।

सङ्खुवासभाको भोटखोला र मकालु गाउँपालिकामा कोशी राजमार्ग अवरुद्ध भएका छन् भने इलाम, पाँचथर, रसुवा, काभ्रेपलाञ्चोक, सिन्धुली, हुम्ला र कालिकोटका विभिन्न स्थानमा समेत सडक अवरुद्ध भएको छ ।

धनकुटाको कोशी लोकमार्ग र मकवानपुरको कान्ति लोकपथ केही ठाउँमा एकतर्फी सञ्चालनमा आएको प्रहरी प्रवक्ता विनोद घिमिरेले जानकारी दिए ।

यसले जनजीवन प्रभावित भएका कारण सम्बन्धित निकायले सडक खन्न र पहिरो हटाउन काम गरिरहेको छ ।

प्रकाशित मिति : २३ आश्विन २०८२, बिहीबार १२:२५   :  बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।