काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद्को लागि प्रयोग हुँदै आएको भवनको भाडा सम्झौता रद्द गरिएको छ ।
गत भदौ २३ र २४ गते ‘जेनजी आन्दोलन’का क्रममा भवनमा आगजनी र तोडफोड भएपछि प्रयोग गर्न अयोग्य बनेको कारण संसद् सचिवालयले सम्झौता रद्द गरेको हो ।
मुलुकी देवानी संहिता, २०७४ को दफा ५३१ को उपदफा (२) को खण्ड (ख) बमोजिम सम्झौता रद्द गरिएको व्यहोरा सचिवालयले जनाएको छ ।
भदौको अन्तिम सातादेखि लागू हुनेगरी सम्झौता रद्द भएको संसद् सचिवालयले बताएको छ ।





















प्रतिक्रिया