Logo

राजनीति

राष्ट्रपतिसँग अन्तरिम सरकार र प्रमुख दलका शीर्ष नेताहरूको संयुक्त भेटवार्ता



काठमाडौं । अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको मन्त्रिपरिषद्का सबै सदस्यसहित प्रमुख राजनीतिक दलका शीर्ष नेताहरू राष्ट्रपतिसँग भेटवार्तामा सहभागी भएका छन् ।

बैठकमा प्रधानमन्त्री कार्कीसहित सबै मन्त्रीहरू उपस्थित थिए ।

त्यसैगरी, नेपाली कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का र महामन्त्री गगन थापा, नेकपा (एमाले)बाट वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल, नेकपा (माओवादी केन्द्र)बाट वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र सचिव वर्षामान पुन सहभागी थिए ।

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट कार्यबाहक सभापति डीपी अर्याल र सहमहामन्त्री विपिन कुमार आचार्य, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट प्रवक्ता ज्ञानेन्द्र शाही र मिना लामा, नेकपा (एकीकृत समाजवादी) बाट उपाध्यक्ष राजेन्द्र पाण्डे र महासचिव धनश्याम भुषाल सहभागी भएका थिए ।

जनता समाजवादी पार्टीबाट रेनु यादव, जनमत पार्टीबाट चन्द्रकान्त राउत र डा. जयकुमार राउत, लोकतान्त्रिक समाजवादी पार्टीबाट ज्ञानेन्द्र झा र सर्वेन्द्रनाथ शुक्ला, नागरिक उन्मुक्ति पार्टीबाट रेशम चौधरी र नेपाल मजदुर किसान पार्टीबाट सुनिल प्रजापती समेत बैठकमा सहभागी रहेका थिए ।

भेटवार्तामा वर्तमान राजनीतिक संक्रमण, आगामी निर्वाचनको तयारी तथा संविधान कार्यान्वयनका विषयमा छलफल भएको बताइएको छ ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार १६:४०   :  बजे

216
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।