Logo

प्रमुख समाचार

प्रहरी महानिरीक्षक खापुङ्गद्वारा अतिरिक्त महानिरीक्षकहरूलाई दर्ज्यानी चिह्न प्रदान



काठमाडौं । नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नति भएका जना अधिकृत प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङ्गले आज दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आज आयोजित समारोहबीच उनहरूलाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो । दर्ज्यानी चिह्न प्राप्त गर्नेमा प्रहरी अतिरिक्त महानिरीक्षकहरू सुशीलसिंह राठौर, उमाप्रसाद चर्तुवेदी, हिमालयकुमार श्रेष्ठ र डम्बरबहादुर विक रहेका छन् ।

नेपाल मन्त्रिपरिषद्को बिहीबारको बैठकबाट उहाँहरूलाई बढुवा र पदस्थापनको निर्णय भएको थियो ।

प्रहरी महानिरीक्षक खापुङ्गले विगतमा भएका कमी कमजोरीको विश्लेषण गरी अझ परिष्कृत र नागरिकमैत्री प्रहरी सेवा प्रदान गर्न उच्च मनोबलका साथ कार्य सम्पादन गर्न उपस्थित प्रहरी कर्मचारीहरूलाई निर्देशन दिए ।

प्रकाशित मिति : २४ आश्विन २०८२, शुक्रबार २०:०५   :  बजे

213
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।