काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल अस्पताल भर्ना भएका छन् । शनिबार (असोज २५) उनी काठमाडौंको महाराजगन्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना भएका हुन् ।
राष्ट्रपति भवन शीतलनिवासमा ‘जेनजी’ प्रतिनिधिसित प्रधानमन्त्रीको छलफल जारी रहेका बेला उनको स्वास्थ्यमा समस्या देखिएको थियो ।
राष्ट्रपतिकै आह्वानमा भएको उक्त छलफल छिटो गरी सकाएर उनी अस्पताल भर्ना भएका हुन् ।
अस्पतालबाट उनी आजै बेलुकासम्म ‘डिस्चार्ज’ हुन सक्ने राष्ट्रपतिको कार्यालय स्रोतले बताएको छ । राष्ट्रपतिको स्वास्थ्य समस्याका बारेमा भने जानकारी गराइएको छैन ।




















प्रतिक्रिया