Logo

प्रमुख समाचार

पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ



काठमाडौं । पूर्वसभामुख कृष्णबहादर महरा पक्राउ परेका छन् ।उनलाई सीआईबीको टोलीले आज आइतबार पक्राउ गरेको हो ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुन भित्र्याउने गिरोहसँग महरा र उनका छोरा राहुलको सम्पर्क रहेको कल रेकर्ड सार्वजनिक भएपछि उनी अनुसन्धानको घेरामा आएका थिए ।

विद्युतीय चुरोट (भेप)मा लुकाएर ३ वर्षअघि सुन तस्करी गराएको प्रकरणमा प्रहरी र जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंबाट सिलसिलेवार रुपमा उन्मुक्ति पाएका महरामाथि अख्तियारले अनुसन्धान अघि बढाएको हो । महरासँग सुन तस्करी प्रकरणमा अख्तियारले बिहीबार टंगालस्थित कार्यालयमा बोलाएर बयान लिएको थियो ।

 

प्रकाशित मिति : २६ आश्विन २०८२, आईतवार १६:५९   :  बजे

114
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।